मतगणना अपडेट: कहाँ, कसको अग्रता ?


कैलाली–२ मा कांग्रेसका स्वाँरले अग्रता लिए
कैलाली २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । ४०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार बिजय स्वाँरले १४६ मत सहित अग्रता लिएका छन् । दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाले ६३ मत ल्याएका छन् । तेस्रोमा रास्वपाका केपी खनालले ४० मत, नेकपाले ५५ र नाउपाले १ मत ल्याएको छ । यो क्षत्रमा १ लाख ७ हजार ७ सय ५७ मतदाता छन् भने ५६ हजार ७ सय ७० मत खसेको छ । रञ्जना बिसी, कैलाली

अछाम २ मा मत गणनामा विवाद भएपछि मुचुल्का परीक्षण गरिँदै
मतगणनामा विवाद भएपछि अछाम क्षेत्र नम्बर २ मा मुचुल्का परीक्षण गर्न थालिएको छ ।

मोरङ–६ मा शेखर कोइराला पछाडी, रास्वपाको ठूलो अग्रता
नेपाली कांग्रे‌सका नेता शेखर कोइराला प्रारम्भिक मत गणनामा पछि परेका छन् । मोरङ–६ को मत गणनामा उनी रास्वपाका उम्मेदवारसँग पछि परेका हुन् । उक्त क्षेत्रमा रास्वपाकी रुविना आचार्यले ३ हजार ४ सय २३ मत पाउँदा कोइरालाले ७ सय २८ मत पाएका छन् । नेकपा एमालेका विनोद ढकालले ६ सय २७ मत प्राप्त गरेका छन् ।