सुकुमबासी बस्तीमा डोजर चलाउने तयारीबारे रक्षा बम: ‘यो रास्वपाको राजनीतिक बेइमानी हो’


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई दिएको निर्देशनपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। बालेनले बुधबार नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकारीहरूलाई बोलाएर आउँदो शनिबार र आइतबारभित्र बागमती किनारको बस्ती खाली गराउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको यो कदमलाई लिएर जेनजी अगुवा रक्षा बमले आपत्ति जनाउँदै यसलाई जनताप्रतिको धोका र राजनीतिक बेइमानीको संज्ञा दिएकी छन्। रक्षा बमले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। उनले बालेनलाई लक्षित गर्दै ‘तपाईंले जानेको यत्ति मात्र होरु’ भनी प्रश्न गरेकी छन्। बमले बालेनको यो कदमलाई अपरिपक्वताको पराकाष्ठा मात्र नभई सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को आम जनताप्रतिको चरम बेइमानी भएको आरोप लगाएकी छन्।

बालेन शाह काठमाडौँ महानगरको मेयर हुँदा पनि थापाथलीको सुकुमबासी बस्ती हटाउन निकै प्रयास गरेका थिए। तर, त्यसबेला बस्तीका बासिन्दाले गरेको प्रतिवाद र स्थानीयको अवरोधका कारण महानगरपालिका आफ्नो उद्देश्यमा सफल हुन सकेको थिएन।

अहिले प्रधानमन्त्रीको कुर्सीमा पुगेलगत्तै उनले राज्यको सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेर पुनः सोही बस्तीलाई निशाना बनाएपछि नागरिक स्तरबाट विरोधका स्वरहरू सुनिन थालेका छन्। सुरक्षा अधिकारीहरूका अनुसार अब काठमाडौँका प्रमुख जिल्ला अधिकारीसँग थप समन्वय गरेर बस्ती हटाउने योजनालाई अन्तिम रूप दिइने तयारी छ।