केरा अभावका कारण काठमाडौंको कुलेश्वरस्थित फलफूल पसलका अधिकांश सटरहरू बन्द छन्। केही समयदेखि बजारमा केरा अभाव छ भने मूल्यवृद्धि पनि भएको छ। केरा आयात नभएकोले पसल बन्द गर्नुपरेको व्यापारीहरूले बताएका छन्।
भारतबाट ल्याइने केरामा कडाइ गरिएको छ। नेपालमा उत्पादित केराले बजार नपाउने विगतमा समस्या थियो।कुलेश्वरका केही सटरमा भने थौरै मात्रामा केरा बिक्रीमा राखिएको देखिएको छ।
