काँठ क्षेत्रका वरिष्ठ गायक शिवनारायण जोशी र वरिष्ठ गायिका इन्द्रिरा गोलेबीच घम्साघम्सी


काठमाडौं, असोज १२ । असोज १५ गते राजधानीमा काँठ क्षेत्रका गायक तथा सष्ट्राहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । सुनाखरी मल्टिमिडिया फाउण्डेशनको आयोजनामा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सम्मेलन हुन लागेको हो । पुराना मौलिक भाषामा घाँस दाउरा, मेलापात गर्दा गुनगुनाइने गीतहरुको संरक्षण गर्न सम्मेलन आयोजना गर्न लागिएको हो ।

काँठ क्षेत्रबाटै लोक दोहोरीको विकास भई व्यवसायिक रुपमा स्थापित भएको हुदाँ यसको अझै प्रवद्र्धन र सम्वद्र्धनमा टेवा पुगोस भनेर कार्यक्रम आयोजना गरिएको आयोजक नवराज ढुङ्गानाले बताए । सम्मेलनमा १० जनाभन्दा पुराना काँठका कलाकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । २३ वटा विधामा पुस्कारको व्यवस्था समेत गरिएको छ । बाध्यबाधक, गायक, स्रष्टा, कला

कार लोकभाकाको संरक्षण गर्ने विभिन्न संस्थालाई सम्मान गर्ने कार्यक्रम छ । गत वर्ष समेत काँठ दोहोरो गित प्रतियोगिता सम्पन्न गरेको फाउण्डेशनले काँठका भाकाहरु विश्वसामु पु¥याउने लक्ष्य राखेको छ । यस्तै आज इन्द्रेणी समाजको कार्याक्रममा काँठ क्षेत्रका वरिष्ठ गायक शिव नारायण जोशी, नवराज ढुङ्गाना, सुर्यमणि आचार्य, दिनेश श्रेष्ठ, इन्दिरा गोले गुरुङ, स्मृति गौतम, सबिता ढुंगानालगाएतको टिमले आफ्नो प्रतिभा प्रस्तुत गरे ।

वरिष्ठ लोकगायक जोशीले ५ हजार भन्दा बढि गितमा आवाज दिइसकेका छन् । सात वर्षको उमेरदेखि गायन क्षेत्रमा लागेका जोशीले २०२९ मै पहिलो पटक गित रेकर्ड गराएका थिए । ख्याली, रत्यौली, धाँसे, बाह्रमासे गित गएका हुन । जोशीको १ हजार भन्दा बढि घाँसे गीत रेकर्ड भैसकेका छन् । उमेरले बृद्ध भएपनि गीत संगीतका जवानी जोशी र गायिका इन्दिरा गोलेले काँठ क्षेत्रको भाका मार्फत इन्द्रेणीमा दोहोरी प्रस्तुत गरेका गीत निकै रोक छन् । काँठ क्षेत्रका लोकदोहोरीका साथ अन्य प्रस्तुतीहरु हेर्न युटुव च्यानल इन्द्रेणी डककम लगअन गर्न सकिने छ ।