ओए काजल लगायत हिट गीतका गायक चक्र बमको इन्द्रेणी कार्यक्रममा यस्तो रमाइलो प्रस्तुति


काठमाडौं, असोज १२ । गायक तथा मोडल चक्र बमले इन्द्रेणी कार्यक्रममा प्रस्तुति दिएका छन् । गायन र नृत्य मात्र नभई शब्द सृजना तथा संगितको काममा समेत पोख्त बम नेपाली दर्शकमाझ निकै लोकप्रिय छन ।उनका गितहरु चर्चाको शिखरमा पुग्ने गरेका छन । नेपाली सांगितिक बजारमा एक पछि अर्को उत्कृष्ट सृजना पस्कन अब्बल बमले इन्द्रणी कार्यक्रममा निकै रमाइलो आफ्नो प्रस्तुति राखेका छन् ।

गायक स्वयमको शब्द, संगित तथा स्वर रहेको गाजल बोलको गितले बमको सांगितिक क्षेत्रमा छुटै पहिचान बनाएको छ । पछिलो समयमा बमले शुदुर पश्चिमको हुडकेउली पहाडी बोलको गित सार्बजनिक गरेका छन् । बमको प्रस्तुति केहि दिनमै इन्द्रेणीको युटुबमा र हिमालयन टेलिभिनमा हेर्न सकिन्छ ।