श्रीमानको निधन भएको दुई दिन पछि सुत्केरी भएकी मैया गुरुङलाई इन्द्रेणी मार्फत सहयोग रकम हस्तान्तरण


चितवन घर भई हाल भक्तपुर ठिमी नगरपालीका १ मनोहरा बस्दै आनु भएका स्वर्गीय तान बहादुर गुरुङकी श्रीमती मैया गुरुङ र छोरीहरुको लागि बिभिन्न सहयोगी मनहरु मार्फत पछिलो पटक इन्द्रेणीमा प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको छ ।

इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कंडेलले रु.८९ हजार ९३२ रुपैंया स्वर्गीय तान बहादुर गुरुङकी श्रीमती मैया गुरुङलाई हस्तान्तरण गर्नु भएको छ । यस भन्दा अगाडि इन्द्रेणीमा मैया गुरुङका लागी प्राप्त भएको सहयोग रकम रु.२ लाख ६२ हजार ७९९ रुपैंया जेष्ठ १३ गते हस्तान्तरण गरिएको थियो । श्रीमानको निधन भएकै दुई दिन पछि मैया गुरुङ सुत्केरी भएकी थिइन ।  मैया गुरुङको कारुणीक भिडियो इन्द्रेणी बाट प्रसारण गरे पछि उनलाई देश तथा बिदेशमा रहेका सहयोगी मनहरुले यती बेला सहयोग गर्दै आउनु भएको छ ।

मैया गुरुङको लागि प्राप्त सहयोग रकमको विवरण यस प्रकार छ ।

  • १ .रुपा के.सी चितवनबाट रु.३०,०००। पठाउनु भएकोमा रु.५,०००। इण्द्रेणीको लागि राखेर रु.१०,०००। बाटोमा खाना खुवाउनेलाइ दिनुहोला भन्नु भएकाले १०० ग्रूपको लागि दिएर रु.१५,०००। मैया गुरुङको लागि दिनुहोला भन्नु भएको थियो ।
  • २. पद्मादेवि गुरुङ पोखरा लोखसाईड हाल न्युवर्क सिटी अमेरीकाबाट आशा तामाङ पोखरा लोखसाईड हाल न्युवर्क सिटी अमेरीकाबाट र डाः शिव कुमारी श्रीतंका हाल अमेरीकाबाट सबैबाट एकमुष्ट रु.५५,५३८। मध्य रु.१०,०००। इण्द्रेणीको लागि राखेर रु.१०,०००। भक्तपुर की मैया गुरुङको लागि र बाँकी रु.३५,५३८।विभिन्न पिडितको लागि दिनुहोला भन्नु भएको थियो।
  • ३. अमेरीकाको केन्टकीमा बसोबास गर्ने राई, श्रेष्ठ, खनाल, आचार्य, भट्टराई परिवार तथा १७ जना मिलेर ज्ञान आचार्य मार्फत पठाएको रकमको सबै विवरण यस प्रकार छ ।
  • १.तारा श्रेष्ठ २१ डलर                                                         २.खड्क राई २१ डलर
    ३.नर भट्टराई २५ डलर                                                    ४.भिम भट्टराई २५ डलर
    ५.ललित भट्टराई १०० डलर                                             ६.किरण क्षत्री २५ डलर
    ७.टिका क्षेत्री २५ डलर                                                   ८.आरुष क्षेत्री २५ डलर
    ९.आयान क्षेत्री २५ डलर                                                 १०.चन्द्र खनाल २१ डलर
    ११.शान्ता राई २१ डलर                                                  १२.कौशिला खनाल २० डलर
    १३.विष्णु खनाल ५ डलर                                                १४.शारादा खनाल ५ डलर
    १५.सृजना शिवाकोटी १० डलर                                      १६.पिङ्गला धौराली १० डलर
    १७. शान्तीराम आचार्य २० डलर गरी जम्मा ४८४डलरको रु.४५,३४१। मध्य रु.४,३४१। इण्द्रेणीको लागि राखेर रु.३०,०००। भक्तपुर की मैया गुरुङको लागि दिनुहोला भन्नु भएको छ । बाँकी रु.११,०००। नेपाल स्नेही काखको लागि दिनु होला भन्नु भएको थियो ।
  • ४. नन्द गुरुङ र साथीहरु लम्जुङ्ग हाल सिड्नी अष्ट्रेलीयाबाट रु.३४,९३२। मैया गुरुङको लागि भन्नु भएको थियो ।

  जम्मा रु.८९९३२/-