धादिङका रामजि तामाङ आजबाट नयाँ बनेको आफ्नै घरमा


काठमाडौं, असोज १२ । इन्द्रेणीको पहलमा ढाड भाँचिएका राम जि तामाङको घर निर्माण सम्पन भएर आज बृहत् कार्यक्रम सहित तामाङलाई घर हस्तान्तरण गरेको छ। धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गा.पा. वडा नं.३ शितलबजारमा टिनको छाप्रो बस्दै आएका अपाङ्ग तामाङको लागि एक कोठाको घर र सौचालय निर्माण गरेको थियो ।

देश तथा विदेशमा रहेका बिभिन्न सहयोगी मार्फत राम जि तामाङको लागि इन्द्रेणीमा प्राप्त सहयोग रकम रु १ लाख र स्थानिय सहयोगी र त्यहाँको पन्चकन्या युवा समाजको रु २ लाख बराबरको श्रमदानमा १० दिन भित्रमा निर्माण सम्पन भएको थियो ।  यस भन्दा अगाडी अर्कैको जग्गामा टहरो बनाएर बसेका तामाङको आफ्नो जग्गा पनि नभएकाले इन्द्रेणीले नै जग्गाको ब्यवस्था गरेर घर निर्माण गरेको हो। आज बृहत् कार्यक्रम सहित राम जि तामाङलाई नयाँ घरमा सारीएको छ । खाद्यान्न, भाँडा वर्तन, लताकपडाको ब्यवस्था समेत इन्द्रेणीले नै गरि दिएको छ । तामाङले खुसी हुदैं कृष्ण कंडेल लगायत सम्पुर्ण सहयोगी मनहरु प्रति धन्यबाद ब्यक्त गरेका छन् ।