थारू समुदायका महिलाहरुको जितिया पर्व शुरु


थारू समुदायका महिलाहरुको जितिया पर्व मङ्गलबारदेखि शुरु भएको छ । असोज कृष्णपक्षको सप्तमी तिथि मङ्गलबार परेकाले थारु महिलाले नजिकैको नदी, जलाशय र इनारमा नुहाएर वर्त शुरु हुन्छ। जितियामा सप्तमी तिथिमा नुहाउने, दर खाने, अर्को दिन वर्त बस्ने र तेस्रो दिन विसर्जन गर्ने चलन छ ।

संस्कृतिविद् भुलाइ चौधरीले भन्नुभयो, “ थारु महिला यति बेला माइतमा आएर बसेका छन्, माइत जान नसकेका महिला घरमै भए पनि वर्त शुरु गरेका छन्, वर्तको पहिलो दिन आज थारु महिला जलासयमा गएर नुहाइधुवाइ गरी जलासयको छेउमा घिरौँलाको पातमा पिना, तेल, सिन्दूर चढाएर पूजा गरिन्छ ।“

विशेष गरी यो पटक तिथि अनुसार ३८ घण्टा उपावास ९वर्त० बस्नु र्ने देखिएको थारु संस्कृतिबिद् भुलाइ चौधरीले बताउनुभयो । उहाँका अनुसार यस पटक अष्ठमी तिथि दिउँसै सुरु भएकाले वर्त चाँडै बस्नुपर्ने र उपवासको समय लम्बिएको हो । “

यो वर्ष उपवास दिउँसैबाट शुरु भएकाले ब्रतालुले धेरै समय वर्त बस्नुपर्नेछ, ब्रत रातिको समयमा विसर्जन हुने देखिएको छ,” उहाँले भन्नुभयो, “ तर सूर्य बिहान उदाउने भएकाले सूर्यको पूजा नगरी वर्त कसरी तोड्ने, जितियामा सूर्यको छोरा जिमुतवाहनको पूजा हुन्छ ।” यो दिन महिला गाउँको एकै ठाउँमा जम्मा भएर भगवान जिमुतवाहनको कथा सुन्ने र भजन गाउने चलन छ ।