देशभरका गुठीे सम्पतीको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन योजना बनाउन मन्त्री श्रेष्ठको निर्देशन


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले गुठी संस्थान स्थापनाको उदेश्य, मर्म र भावना अनुरुप परिणाम देखिनेगरी काम गर्न निर्देशन दिनुभएको छ ।

गुठी संस्थानको केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा आज संस्थानमार्फत भइरहेका काम र आगामी कार्ययोजनाबारे जानकारी लिदै मन्त्री श्रेष्ठले देशभर रहेका गुठीको सम्पतीको संरक्षण गर्न कार्ययोजना नै बनाएर अगाडि बढ्न संस्थानका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।

गुठी सम्बन्धी धेरै गुनासाहरु छन् ति गुनासाहरु अन्त्य गर्ने, समस्यालाई जरैदेखि समाधान गर्ने र देशका कतिपय ठाउँमा रहेका गुठीका सम्पतीबारे अझै पनि जानकारी नै नभएको जस्ता समस्या पनि रहेकाले यस्ता समस्या हल गरेर राज्यको सम्पतिको संरक्षण गर्न तत्कालिन र दिर्घकालिन रुपमा समस्या समाधान गर्ने गरी कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘मन्त्रालय र म व्यक्तिगत तर्फबाट पनि यसका लागि सहयोग गर्न तयार छौ, हाम्रो साथ र सहयोग सधै रहिरहने छ ।’

उहाँले देशका विभिन्न भागमा रहेका गुठीको जग्गा के भइरहेको छ भनेर अरुले जानकारी दिनु पर्ने अवस्थाको अब अन्त्य हुनु पर्ने भन्दै देशभर रहेका गुठीको जग्गाको यकीन तथ्याङ्क संकलन गर्न पनि निर्देशन दिनुभयो ।

संविधानले नै गुठीको सम्पती संरक्षणको विषय शुनिश्चित गरेकाले त्यस अनुसार छिटो समस्या समाधान गर्ने गरी संस्थानले आफ्ना कामहरुलाई चुस्त दुरुस्त बनाउन ढिला गर्न नहुनेमा पनि मन्त्री श्रेष्ठले जोड दिनुभयो ।