‘चपली हाईट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रिलर


काठमाडौं, मंसिर १० ।  पुस २ गते प्रदर्शन मिति घोषणा गरेको चलचित्र ‘चपली हाईट ३’को ट्रेलर सार्वजनिक भएको छ । कोरोना महामारीअघि नै छायांकन सकिएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिलर देख्न सकिन्छ । फिल्म हत्या र त्यसको अनुसन्धानमा केन्द्रीत भएको ट्रेलरले बोलेको छ ।

अर्जुन कुमारले निर्माण गरेको चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । यसअघि चपली हाईटका दुवै फिल्म दीपेन्द्र कुमार खनालले निर्देशन गरेका थिए । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ । चलचित्रमा स्वस्तिमा खड्का, अमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पणा थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।