पक्षघात भएकालाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत ९ लाख सहयोग


काठमाडौं, मंसिर ११। लामो समयदेखि पक्षघातका कारण विरामी परेका तनहुँ व्यास नगरपालिका १ घर भएका अभिसन थापा मगरको उपचारको लागि कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत ९ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशबाट सङ्कलित रकम ९ लाख भन्दा बढी रकम फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन ।

यस्तै आफ्ना स्वर्गीय बुवा रमाकान्त रेग्मी र दाजु तारानाथ रेग्मीको सम्झनामा विष्णुप्रसाद रेग्मी र पूर्णीमा लम्साल रेग्मीले इन्द्रेणी मार्फत विभिन्न क्षेत्रमा विवरणका लागि भन्दै ३० हजार रुपैयाँ सहयोग गरेका छन् । स्याङजा भिरकोट–६ का रेग्मी परिवारले बृद्धाश्र, असहाय अनाथ बालबालिका, गौशालाका गाईलाई र इन्देणीको व्यवस्थापनका लागि इन्द्रेणीको सम्पादन स्थलमा आर्थिक सहयोग गरेका हुन ।