कोरोना संक्रमणबाट २४ घण्टामा मृत्यु हुने शून्‍य


पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २ सय २३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्‍य रहेको छ । यस्तै ३ सय ४७ जना निको भएका छन् ।