खुसिबुको कपडा गोदाममा आगलागी


काठमाडौंको खुसिबुमा रहेको एक कपडा गोदाममा आगलागी भएको छ। काठमाडौं प्रहरीले ब्याल्यांकेट गोदाममा लागेको आगो नियन्त्रणका लागि अहिले ६ वटा दमकल प्रयोग गरेको जनाएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको बताइएको छ।

अहिले आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र उपत्यकाका तीनवटै जिल्ला बाट थप दमकल झिकाइएको छ ।