एकै पटक ९ सय कर्मचारी बर्खास्त


काठमाडौं, मंसिर २१। एउटै जुम कल मार्फत् करिब ९ सय कर्मचारीलाई बर्खास्त गरेकोमा एक अमेरिकी कम्पनीका प्रमुखको आलोचना गरिएको छ।

यदि तपाईँ यो कलमा सहभागी हुनुहुन्छ भने तपाईँ सेवाबाट हटाइने अभागी समूहको सदस्य हुनुहुन्छ, धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी विशाल गर्गले जुम कलमा भनेका थिए। त्यो कल पछि सामाजिक सञ्जालमा अपलोड गरिएको थियो।

क्रिसमस पर्व आउनु भन्दा केही दिन अघि भएको सो घटनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले अभद्रुु कठोरुु अनि एउटा खराब कदमुु भन्दै प्रतिक्रिया जनाएका छन्।

पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ, फोन संवादका क्रममा गर्गले आफ्ना कर्मचारीहरूलाई भने।

गर्गले कम्पनीका १५ प्रतिशत कर्मचारीलाई एकै पटक बर्खास्त गर्नुको कारण कर्मचारीहरूको कार्यसम्पादन, उत्पादकत्व अनि बजारमा देखिएको परिवर्तन रहेको बताएका थिए।

तर गत हप्ता लगानीकर्ताहरूबाट बेटर डटकमले प्राप्त गरेको ७५ करोड अमेरिकी डलर बराबरको रकम बारे भने उनले उल्लेख गरेनन्।

कर्मचारी बर्खास्त गरे पश्चात् विगतमा परिचय नखुलाएर लेखिएको एउटा ब्लगका लेखक पनि गर्ग रहेको फोर्च्युन म्यागेजिनले पुष्टि गरेको छ।

ब्लगमा उनले बर्खास्त गरिएका कर्मचारीहरूले दिनको दुई घण्टा काम गरेर आठ घण्टा वा त्यो भन्दा बढी काम गरेको दाबी गर्दै अनुत्पादक बनेर आफ्ना सहकर्मी र ग्राहकबाट चोरी गरेको आरोप लगाएका थिए।

घर खरिद गर्ने प्रक्रियालाई प्रविधिको प्रयोग गर्दै छिटो र छरितो बनाउने लक्ष्य लिएको सो कम्पनीमा एउटा जापानी समूहले लगानी गरेको छ।