रिलायबल लाइफको आइपीओ नेप्सेमा सूचीकृत


रिलायबल नेपाल लाइफको आइपीओ नेप्सेमा सूचीकृत भएको छ। नेप्सेमा बुधबार कम्पनीको ४ करोड कित्ता शेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि आरएनएलआई संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

आइतबार यही रेञ्जलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्ने छ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको थियो । सो सेयर समेत नेप्सेमा सूचीकृत भएको हो।