लोक गीत संगीत क्षेत्रमा सबैको मनजित्न सफल एक सांगीतिक जोडी मेक्सम खाती र चन्दा अर्यालको नयाँ प्रस्तुति


१४ मंसिर, काठमाडौं । इन्द्रेणीमा कार्यक्रममा दोहोरी गायर सबैको मन-जितेका एक सांगीतिक जोडी हुन् मेक्सम खाती र चन्दा अर्याल। यो जोडीले गायका हरेक दोहोरीले धेरै दर्शकहरुको मुटुनै चुडाउने गरेको पाउन सकिन्छ। एक प्रेम जोडी भयर पनि अलग-अलग जिबन बिताउन बाध्यता-भयका कहानी दुबैले गायका दोहोरीमा पाउन सकिन्छ। यो संगै धेरै दर्शकहरुले पनि दुबैलाई भन्दै आयको पाइयो कि कुनै समय यो रियल जोडी भयको हुन सक्छ, तर त्यो भने नहोला। दुबैले गायका हरेक सब्दहरुमा दर्शकले एकातिरबाट संका-गर्ने कुरा पनि कुनै नौलो नहोला किनभने यो भन्दा अगाडि पनि धेरै कलाकारहरुको यसरीनै नाम जोडियर आयको थियो। दुबैको दोहोरी हेर्दा कुनै समय हासी-खुसी जिबन बितायका प्रेम जोडीहरु बाध्यताले-गर्दा अलग-अलग हुदाको पिडा-साच्चै त्यो प्रेम जोडीको मन दुबैको गीतका सब्दले कति छुन्छ होला त्यो त हामिहरु कल्पना समेत गर्न सक्दैनौ।

त्यस्तै गरेर भर्खर मात्र मेक्सम र चन्दाले फेरीपनि त्यस्तै अफिसीयल गित बजारमा लियर आयका छन् कि जुन गीतले गर्दा धेरैलाई झनै अर्को संका-लाग्ने बिषय बन्न सक्छ। गित सुरु हुनु भन्दा अगाडिनै राखीयका केहि लाइनहरुले सबैको मन छुन्छनै अझै यो जोडीलाई हेर्ने नजरसमेत दर्शकमा फरक हुन सक्छ। गीतका सब्दहरुले पनि त्यस्तै भनेको पाउदा अहिले झनै धेरैलाई त्यस्तो लाग्न सक्छ। तर त्यो पक्कै होइन किन कि कलाकारले गित, चलचित्र, सिरियल लगायत जतिपनि कतै न कतिको केहि कुरालाई टपक्क-टिपेर तयारी गरेको हुन्छन जसले गर्दा धेरैको माया पायको देख्न सकिन्छ। चन्दा र मेक्समको आवाजमा रहेको भर्खर सार्बजनिक भयको गित “करिमैको दोष” मेक्सम नरेश अफिसीयल युट्युब बाट सार्बजनिक गरीयको छ। जुन गीतले अपलोड भयको १ घण्टा नपुग्दै हजारौको माया पाइसकेको देख्न सकिन्छ।

जुन गीतमा सब्द अनि लय नरेश खातीले तयार पारेका छन् भने उक्त गीतको भिडियो निर्देशन समेत नरेश खातीले नै गरेका छन् त्यस्तै उक्त भिडियोलाई छायाकन करण चैसीरले गरेका थिय। भने उक्त भिडियोमा अभिनय मेक्सम खाती, नरेश खाती, चन्दा अर्याल र सन्तोषी खत्री ले गरेका छन्। उक्त गीतको कथा-बस्तुमा बाध्यताले छुटेका एक प्रेम जोडीहरुको लामो समयको भेटपछिको कुराकानीलाई मर्मस्पर्सी तरीकाले प्रस्तुत गरीयको बुझ्न सकिन्छ। उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।