चलेको होइन प्रतिभा भएको नयाँ कलाकारलाई प्राथमिकता दिने कलाकार भोजराज काफ्लेको भनाई


शर्मिला श्रेष्ठ । नेपाल विविधताले भरिएको मुलुक हो । नेपालको विभिन्न ठाँउमा विभिन्न प्रकारको कला भेषभूषा र आफ्नै मौलिक संस्कार छ । अझै भन्ने हो भने आम नेपाली कुनै न कुनै रुपमा कला साहित्यमा आवद्ध भएकै हुन्छन् । अझै सबैभन्दा बढि मनपराईने भनेको लोक गित संगित नै हो ।

हामी कहाँ सुनिने र सुनाइने अधिकास गीतहरु सूचना, चेतना, स्थानीय मौलिक संस्कृति तथा मनोरन्जन र कला साहित्यमै रचिने र गाइने गरिन्छ । यता मुलुकको लोक संस्कृतिको संरक्षणमा थुप्रै कलाकार अनबरत रुपमा लागि परेका छन। नेपाली लोक गित संगितको क्षेत्रमा थुप्रै अजर अमर कलाकारले आफ्नो जीवन त्याग नै गरेका छन् । त्यसमध्ये आफ्नो नाम श्री अक्षर ले लेखाउन सफल कलाकारको नाम हो लोक गायक भोजराज काफ्ले । लोक गित गायन नयाँ भाका सिर्जना शब्द सिर्जना नयाँ सबै जसो गितमा नयाँ कलकारलाई अवसर दिने रहर बोकेका उनीमा थुप्रै अजर अम्मर गीतहरुले ख्याती कमाएका छन् ।

आमा रातोसारि चुरा पोते किन नलाको, सानिमा मार्देउ बरु बगार्इ देउ पानीमा, बोतलको पानीले आखाँ सन्काई नानीले, सेतो किरिमले, मासु मिठो भालेको, ढुंङ्गे बगर, कति राम्रो पुर्ब रामेछाप, पुर्ब सिन्धुलि , काभ्रे पालान्चोक जस्ता थुप्रै नेपाली समाजको मनछुने गीतहरु लेख्नुका साथै गाएका समेत छन् ।

सिन्धुलिको कमलामाइमा जन्मियका काफ्ले कक्षा ७ मा पढ्दै गर्दा रेडियो नेपालमा गित गायर आफ्नो कला यात्रा सुरु गरेका हुन । २०६१ सालमा आमा रातो सारि चुरा पोते किन नलाको गितबाट छिन्नलता पुरस्कारबाट समेत सम्मानित हुदाँको दिन औधी खुशिको क्षण भएको उनी सुनाउँछन् । कला यात्रामा खासै दुःखद नभएपनि दर्शकको माया र नाम सबैले चिनेकोमा खुशि हुने कलाका धनि भोजराज काफ्लेले आफ्ना जीवनका भोगाईहरु इन्द्रेणी समाज कार्यक्रमकी कलाकार शर्मिला श्रेष्ठ मार्फत व्यक्त गरेका छन् । (पुरा भिडियोसहित)