कलाकार तथा मोडल रेश्माले लगनगाँठो कसिन्


कलाका तथा मोडल रेश्मा घिमिरेले विवाह गरेकी छन् । उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग सोमबार लगनगाँठो कसेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह मोरङ विराटनगरको एक रिसोर्टमा सम्पन्न भएको हो ।

विवाहमा दुबै तर्फका आफन्त, परिवार, साथीभाइ र केही फिल्मकर्मी सहभागी भएको बताइएको छ । अमेरिकामा रहँदै आएका प्रभातसँग गतवर्ष इन्गेज्मेन्ट गरेकी उनले इन्गेज्मेन्ट भएको एकवर्ष पछि विवाह गरेकी हुन् ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा भने म्युजिक भिडियोकी सफल मोडल हुन् । उनी टिकटकमा समेत चर्चित छन् ।